काठमाडौं । सत्तारुढ दलले गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।
बुधबार बसेको एकीकृत समाजवादीको ५१औँ सचिवालय बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘आजको बैठकले एक मात्र निर्णय गरेको छ । राष्ट्रपतिका लागि ८ दलको साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।’ खतिवडाले भने ।
त्यसैगरी सरकारमा जाने प्रक्रिया जाने विषयमा कुनै पनि छलफल नभएको र पछिका दिनहरुमा छलफल गर्ने उनले बताए ।
‘सरकारमा जाने विषयमा प्रक्रिया शुरु भएको छैन । त्यसबारे छलफल हुँदै जानेछ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया