एकीकृत समाजवादीबाट भानुभक्त जोशीसहित यी नेताको मन्त्री बन्ने चर्चा !

लोकपथ
9.8k
Shares

काठमाडौं । नेकपा एमालेसहितको गठबन्धन टुटेर कांग्रेससहित नयाँ गठबन्धन बनेसँगै दलहरुबाट मन्त्री को बन्ने भन्ने चर्चा चल्न थालेको छ ।

सो क्रममा संसदको पाँचौँ र गठबन्धनको चौँथो ठूलो दल नेकपा एकीकृत समाजवादी सरकारमा सामेल हुने र मन्त्री को बन्ने भन्ने चर्चा चल्न थालेको छ ।

एकीकृत समाजवादीले १० सिटसहित संसदमा प्रतिनिधित्व गरिरहेको छ । थोरै सिट भए पनि अब बन्ने नयाँ मन्त्रिपरिषद्मा तालुकदार मन्त्रालय दाबी गर्ने दाउमा एकीकृत समाजवादी रहेको छ ।

पार्टी अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बन्ने प्रस्ताव एमालेबाट आए पनि गठबन्धन जोगाउन राष्ट्रपति नबनेको बताउँदै रोजेको मन्त्रालयमा आफ्नो दलको दाबी रहने एक नेताले लोकपथलाई जानकारी दिए । गृहमन्त्रालयसहित अन्य मन्त्रालयहरु आफूहरुले पाउनुपर्ने ती नेताको दाबी रहेको छ ।

‘राष्ट्रपतिमा आएको प्रस्तावलाई नै गठबन्धन जोगाउन पार्टी अध्यक्षले प्रस्ताव नै अस्वीकार गर्नुभयो । जसको कारण केही महत्वपूर्ण मन्त्रालयको दाबी हाम्रो रहनु स्वभाविक हो ।’ ती नेताले भने ।

एकीकृत समाजवादीबाट मन्त्री बन्नेमा भानुभक्त जोशी, प्रकाश ज्वाला, धनबहादुर बुढा लगायत रहेका छन् । त्यसका साथै राजेन्द्र पाण्डेको नाम समेत मन्त्री बन्नेको चर्चामा रहेको छ ।

तर कुन कुन मन्त्रालय हो भन्ने अझै पक्का नभएको ती नेताले जानकारी दिए । गठबन्धनको आकार ठूलो भएको कारण केही मन्त्रालय मात्रै भागबण्डामा पर्ने ती नेताको दाबी रहेको छ ।

एकीकृत समाजवादीले गत पुस २६ गते सरकारलाई विश्वासको मत दिएको थियो । राष्ट्रपतिमा तत्कालिन गठबन्धन ब्यूँतिने भएसँगै एकीकृत समाजवादी पनि सरकारमा जाने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?