प्रचण्डकै नेतृत्वमै सरकार अघि बढ्छ : पूर्णबहादुर खड्का

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनपछि पनि पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार अघि बढ्ने बताएका छन् ।

बुधबार सुर्खेतमा प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति खड्काले सो कुरा बताएका हुन् ।

‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि पनि पुष्पकमल दाहाल प्रचण्ड कै नेतृत्वमा सरकार अघि बढ्छ ।’ खड्काले भने ।

तर पूरै कार्यकाल वा कति समय भने उनले खुलाएनन् । ५ वर्ष नै कि अहिले मात्रै भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘कति समय चलाउने भन्ने काम गर्दै जाँदा थाहा हुन्छ ।’

त्यस्तै अहिले मन्त्रिपरिषद् विस्तारको कुरा नआएको कारण को मन्त्री बन्ने भन्ने कुरा नआएको उनले बताए । साथै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरे ।

‘सरकार निर्माणको चरण प्रारम्भ भएको छैन ।’ उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ । अहिले नै मन्त्री को बन्ने भन्ने छलफल नै भएको छैन ।’

त्यस्तै आफूले यसअघि नै बताइसकेको कारण मन्त्री नबन्ने उनले बताए ।

‘म अहिले मात्रै होइन पहिले देखि नै मन्त्री बन्दिन भनेको थिए । म मन्त्री बन्दिन ।’ उनले भने ।

गत पुस १० गते एमालेसँगको सहकार्यमा प्रधानमन्त्री प्रचण्डलाई आफूले फोन गरेको र त्यही क्रममा प्रधानमन्त्रीले दिएको बचनका आधारमा अहिलेको फोन आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?