काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटघाट भएको छ ।
बुधबार बिहान गौतम भेट्न ओली गौतम निवास भैँसेपाटी पुगेका थिए । भेटमा ओली र गौतमबीच विभिन्न राजनीतिक विषयमा कुराकानी भएको थियो । साथै ओलीले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका थिए ।

गौतम तत्कालिन एमाले उपाध्यक्ष समेत रहेका थिए । तत्कालिन नेकपाको विभाजनपछि उनी नेकपा एकता गर्ने अभियान चलाउँदै आएका छन् ।
आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट नेम्वाङ र कांग्रेससहित ८ दलीय गठबन्धनका तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया