प्रदेश १ को नामकरणमाथि छलफल गर्न प्रदेशसभा बैठक शुरु

लोकपथ
56
Shares

विराटनगर । प्रदेश नं.१ को नामकरणको विषयमा छलफल गरी टुंगो लगाउन प्रदेश सभाको बैठक शुरु भएको छ । प्रदेशमा नामकरणका लागि ‘कोसी प्रदेश र ‘किराँत लिम्बुवान सगरमाथा’ प्रदेश राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

प्रदेशसभा सचिवालयमा एमालेका राम रानामगर प्रस्तावक र निरन राई र विदुर लिङ्गथेपको समर्थनमा प्रदेशको नाम ‘कोसी’ राख्ने प्रस्ताव दर्ता भएको छ । त्यस्तै, राजेन्द्र राई प्रस्तावक भइ कमलप्रसाद जबेगु र निर्मला लिम्बू समर्थक रहेको ‘किराँत लिम्बुवान सगरमाथा’ नाम राख्ने प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ‘कोसी’ प्रदेशको पक्षमा मतदान गर्ने जानएका छन् । प्रदेशको नाम प्रदेशसभाको दुई तिहाइ बहुमतले राख्ने संवैधानिक व्यवस्था छ । ९३ सदस्यीय प्रदेश सभामा दुई तिहाइको लागि ६२ मत आवश्यक देखिन्छ । यसरी हेर्दा ‘कोसी’ प्रदेशमा सहजै दुई तिहाइ बहुमत पुग्ने देखिन्छ ।

दलीय समर्थन हेर्दा ‘कोसी’ प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी १३, राप्रपा ६ गरी ८८ सांसदहरूले समर्थन गर्ने देखिन्छ । नेकपा एस र जसपाले प्रस्ताव गरेको ‘किराँत लिम्बुवान सगरमाथा’ प्रदेशमा भने पाँच जना सांसद मात्र देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?