एकीकृत समाजवादीको सचिवालय बैठक जारी

लोकपथ
130
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काे सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको सचिवालय बैठक बसिरहेको हो ।

बैठकमा राष्ट्रपति निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार रहेका रामचन्द्र पौडेललाई सहयोग गर्ने गरी कांग्रेससहित ८ दलीय गठबन्धनमा आवद्ध भएको सो पार्टीले बैठकमा सरकारमा सहभागिताका लागि आफ्नो हिस्सेदारीको विषयमा पनि छलफल हुने बताइएको छ ।

अध्यक्ष माधवकुमार नेपालले एकलौटी रूपमा राष्ट्रपति कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्ताव बसेको विषयमा सम्मानित नेता झलनाथ खनाललगायत नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?