काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । संसद सचिवालयले अधिवेशनको पहिलो दिन दुईटा बैठकको कार्यसूची तयार गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार अपराह्न ४ बजे बस्ने अधिवेशनको पहिलो बैठकलाई संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले सम्बोधन गर्नेछन् ।
बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त हिउँदे अधिवेशन प्रारम्भ गर्नेसम्बन्धी प्राप्त पत्र पढेर सुनाउने, दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ ।
यस्तै प्रशासकीय अदालत विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यायदेश प्रस्तुत गर्ने सम्भाति कार्यसूची पनि छ ।
दोस्रो बैठकमा संसदका पूर्वसदस्य चक्र बास्तोला, पद्मरत्न तुलाधर र मोतीदेवी थारूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
चार नयाँ विधेयक दर्ता
तेस्रो अर्थात हिउँदे अधिवेशनका लागि सरकारका तर्फबाट चारवटा नयाँ विधेयक संसद् सचिवालयमा दर्ता भएका छन् ।
सचिवालयका अनुसार कर्मचारी समायोजन अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र पारमाणविक तथा रेडियोधर्मी पदार्थ सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न विधेयक दर्ता भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया