विराटनगर । प्रदेश १ को नाम ‘किराँत लिम्बुवान सगरमाथा’ राख्न प्रदेश सभा सचिवालयमा अर्काे प्रस्ताव पनि दर्ता भएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) र जसपाले नामाकरणका लागि छुट्टै प्रस्ताव दर्ता गरेका हुन् ।
संसद सचिवालयमा दुई दलका सांसदले ‘किराँत लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् । एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् ।
यसअघि नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रदेशको नाम ‘कोसी’ राख्ने प्रस्ताव दर्ता गराइसकेका छन् । प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) ले ‘कोसी’ प्रदेशको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेपनि दलको बैठकबाट कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । यससँगै आजको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश भई निर्णयार्थ प्रस्तुत हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया