विराटनगर । प्रदेश १ को नाम ‘कोसी’ राख्न नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । बुधबार एमालेको प्रस्ताव र कांग्रेसको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो । एमाले प्रदेशसभा सदस्य राम रानाले प्रदेशको नाम ‘कोसी’ राख्ने प्रस्ताव दर्ता गराएका हुन् ।
उनको प्रस्तावको प्रस्तावकमा भूमिप्रसाद राजवंशी र समर्थकमा निरन राई रहेका छन् । प्रदेशसभा सचिवालयले प्रदेशको नाम प्रस्ताव गर्न बुधबार दिउँसो १ बजेसम्मको समय थप गरेको थियो । यससँगै आजको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश भई निर्णयार्थ प्रस्तुत हुने भएको छ ।
नेकपा माओवादी केन्द्रले ‘कोसी’ प्रदेशको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेपनि दलको बैठकबाट कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस र एमालेले यसअघि नै प्रदेशको नाम ‘कोसी’ राख्ने पक्षमा सहमति जनाइसकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया