काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । मंसिर २९ देखि पुष ८ सम्म बसेको स्थायी समिति बैठक अझै सकिएको छैन ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्ताको कारण देखाउँदै बैठक दुई दिन स्थागित गरिएको थियो । सोमबार र मंगलबारका लागि स्थगित गरिएको बैठक आज पुनः बस्दै छ ।
बैठकमा अब अध्यक्षद्वय ओली र दाहालले जवाफ दिनेछन् । बैठकमा यसअघि अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा ४६ सदस्यले विचार राखेका थिए । विचार राख्ने अधिकांशले नेतृत्वकाे कार्यशैलीमा नै प्रश्न उठाएका छन् ।
एकतापछि पहिलोपटक भएको यो स्तरको छलफलले सत्तारूढ पार्टी र त्यसको नेतृत्वसामु प्रश्न तेस्र्याएको छ । धेरैले नेतृत्वको कार्यशैलीमा प्रश्न उठाएका छन् भने केहीले बचाउ गरेका छन् । जसको जवाफ नेतृत्वले दिनुपर्नेछ ।
यो बैठकपछि नेकपामा विवाद सुल्झिन्छ या थप बल्झिँदै जान्छ त्याे त नेतृत्वकाे कार्यशैलीमा भर पर्ने कुरा हो तर बैठकबाट गुटले संस्थागत रूपमै प्रवेश पाएको छ । पार्टी र सरकारका काम कारवाहीलाई लिएर नेतृत्वको सबैभन्दा धेरै आलोचना भएको छ ।
बैठकमा उठेका प्रश्न, आक्रोश, आलोचना साथै असन्तुष्टिहरुहरु प्रधानमन्त्री ओली केन्द्रीत छन् । अर्का अध्यक्ष प्रचण्डले बैठक अवधिभर न गाली न त ताली नै पाए ।
अध्यक्षद्वयकाे प्रतिवेदन मुलतः सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश थिए । ती सबै विषयमा आलोचना नै भयो ।
यस्तोमा अध्यक्षद्वयकाे जवाफ कस्तो आउँला त ? यसको लागि बैठक पर्खिनै पर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया