कांग्रेस र एमाले दुवैले प्रतिपक्षीमा दाबी गरेपछि संसद बैठक स्थगित

लोकपथ
325
Shares

काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक विषेश कारण र समय बस्न नसक्ने संघीय संसदका महासचिव डा.भरतराज गौतमले सूचनामार्फत् जानकारी दिएका छन् ।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख देवराज घिमिरेले अर्काे बैठक आगामी चैत ५ गते बस्ने गरि निर्धारण गरिएको जनाइएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले) दुवैले आफू प्रमुख विपक्षी दल भएको दाबी गरेका कारण आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले आफूहरू स्वाभाविक प्रमुख प्रतिपक्षी रहेको एमालेको तर्क छ । अर्कोतिर नेपाली कांग्रेसले आफूहरू सरकारमा नजाँदासम्म विपक्षमै बस्ने दाबी गरेको छ ।

गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको थियो । विश्वसको मत दिए पनि संसद सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिइसकेको छ ।

सरकारमा रहेको एमालेले आफ्ना मन्त्रीलाई सोमबार फिर्ता बोलाइसकेको छ भने प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?