प्रदेश १ को प्रदेशसभा बैठकमा आज नामाकरण प्रस्ताव पेश हुने

लोकपथ
104
Shares

काठमाडौं । प्रदेश नं.१ को प्रदेशसभा बैठकमा आज नामाकरणको प्रस्ताव पेश हुने भएको छ । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालमा नामको विषयले बैठकमा औपचारिक रुपमा प्रवेश नै पाएको थिएन ।

पछिल्लो राजनीतिक घटनाक्रमकाबीच दलहरुले नामको विषय टुंगो लगाउने तयारी गरिएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार आज प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव आह्वानको सूचना टाँस गरिएको छ । नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशसभा सदस्यहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरिएको हो ।

प्रदेश नम्बर १ को प्रदेशको नामाकरणका लागि प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरूलाई आज दिनको १०ः०० बजे देखि १२ः०० बजे सम्म आफ्नो प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराउन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?