प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

लोकपथ
169
Shares
sf7df8f}F, % df3M k|ltlglw;ef a}7s k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf ;xefuL k|wfgdGqL k’iksdn bfxfn…k|r08Ú pkk|wfgdGqLx?,ljleGg bnsf zLif{ g]tfx?nufot ;f+;b . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अपरान्ह १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट आएको सन्देशको व्यहोरा जानकारी गराउने कार्यसूची छ ।

त्यसैगरी आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?