काठमाडौं । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार साँझ अन्तिम नामावली प्रकाशित गरेको हो ।
मंगलबार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन समय दिइएको थियो । जसअनुसार शनिबार उम्मेदवारी दर्ता गराएका रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको नामावली कायम भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिका निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा २३ बमोजिम अन्तिम नामावली प्रकाशित गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जनकारी दिए । नामावलीअनुसार वर्णानुक्रमको पहिलो नम्बरमा रामचन्द्र पौडेलको नाम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया