राष्ट्रिय स्वतन्त्र पार्टीले तोक्यो ७ वटै प्रदेशका सभापति

लोकपथ
598
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरी जिम्मेवारी तोकेको छ । जसअनुसार प्रदेश १ समितिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव, बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी तोकेको हो ।

यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?