चितवन–२ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

लोकपथ
403
Shares

काठमाडौं । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् । फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका मिति तय गरेको थियो । नागरिकता प्रकरणमा प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तय भएको छ ।

उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यातालिकासमेत सार्वजनिक गरिसकेको छ । आगामी चैत २० गतेलाई मनोनयनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ ।

यस्तै चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

यी हुन् उपनिर्वाचनका लागि दर्ता भएका दलहरू

  • नेपाल मजदुर किसान पार्टी
  • मंगोल नेसनल अर्गनाइजेसन
  • राष्ट्रिय नागरिक पार्टी
  • नेपाली कांग्रेस
  • राष्ट्रिय जनमुक्ति पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • नेकपा एमाले
  • नेकपा माओवादी केन्द्र
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • नेकपा माओवादी समाजवादी
  • नागरिक उन्मुक्ति पार्टी
  • हाम्रो नेपाली पार्टी
  • पुनर्जागरण पार्टी नेपाल
  • मौलिक जरोकिलो पार्टी
  • राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
  • नेपाली कांग्रेस(बी.पी.)
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • जय जन्मभूमि पार्टी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?