ज्ञानेन्द्रलाई सडकमा उतारेर संसद भवन अघि आन्दोलन गर्ने दुर्गा प्रसाँईको घोषणा

लोकपथ
196
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले विभिन्न मागसहित आन्दोलनको घोषणा गरेका छन् ।

आगामी फागुन २० गतेदेखि नयाँ बानेश्वरस्थित संसद भवन अघिबाट आन्दोलनमा घोषणा गरेका हुन् ।

उनको आन्दोलनमा पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थिती रहने प्रसाँईले लोकपथलाई जानकारी दिए ।

०६२÷०६३ को जनआन्दोलनबाट स्थापित गणतन्त्रले देशलाई राहत नदिएको भन्दै राजालाई अभिभावकको रुपमा राख्ने माग गरेका छन् ।

‘०६२÷०६३ को जनआन्दोलनबाट स्थापित गणतन्त्रले देशलाई राहत दिन सकेन । युवाहरु विदेश जान बाध्य रहेका छन् । उनीहरुलाई राज्यले हेरेन हाम्रो राज्यसँगको आक्रोश यही छ ।’प्रसाइँले भने ।

आफ्नो कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह समेत आउने उनले बताए । अहिलेको राजनीतिक किचलोको कारण देशले अभिभावक खोजेको भन्दै पूर्व राजाले समेत आफ्नो अभियानलाई साथ दिने उनको दाबी छ ।

‘अफठ्यारो परेको बेला मान्छेले गार्जेन खोज्छ । त्यस्तै अहिले देशले गार्जेन खोजेको छ । नागरिकले राजालाई खोज्न थाले ।’ उनले भने, ‘उहाँ आम नागरिकको हैसियतमा आन्दोलनमा आउनुहुन्छ ।’

गत माघ १० गते इलामका प्रेम आचार्यले संसद भवनअघि आत्मदाह गरेको स्थानबाटै आन्दोलनको शुरु हुने र मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।

‘संसद भवनअघि जहाँ प्रेम आचार्यले आत्मदाह गरे त्यहीबाट हामी आन्दोलनको शुरुवात गर्दैछाँै ।’ उनले भने, ‘हाम्रो माग पूरा नभएसम्म हामी निरन्तर आन्दोलन गरिरहन्छौँ ।’

सरकारसँग आफूहरुको विभिन्न १३ वटा माग रहेको उनले बताए ।

यसअघि उनले काँकडभिट्टामा पूर्व राजा ज्ञानेन्द्रसहित राजपरिवारका सदस्यहरुलाई राखेर नागरिक बचाउ अभियान समेत सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?