काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेकी हुन् ।
सरकारले एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा २०७९ फागुन २५ देखि २६ गतेसम्म आयोजना हुने मध्यकालीन समिक्षा कार्यक्रममा अर्थ मन्त्रालयका सचिव श्री तोयम रायालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कर्णाली कोरिडोर ४०० के.भी. प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने । यस अघि विभिन्न मितिमा नेपाल सरकार, मन्त्रिपरिषद्बाट शहीद घोषणा भई नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेका शहीदहरुको नामावली गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया