प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालयको कार्यभार

लोकपथ
35
Shares
df5fvf]nf hnljB’t cfof]hgf pb3f6g sfo{qmd sf7df8f}F, !% kmfu’gM k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú ;f]daf/ ljsf; xfO8«f]kfj/ sDkgL lnld6]8åf/f ;~rflnt df5fvf]nf hnljB’t cfof]hgf pb3f6g sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । नेकपा एमालेका मन्त्रीले राजीनामा दिएसँगै थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाल्ने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार थप ८ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेकी हुन् । सोमबार बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय लिएको थियो । सोही अनुसार एमालेका ८ जना मन्त्रीहरुले सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।

एमालेले अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालय लिएकोमा मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको थियो । उक्त मन्त्रालयको जिम्मा अहिले प्रधानमन्त्री प्रचण्डलाई आएको हो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  सरकारबाट बाहिरिएसँगै ऊर्जा, सहरी विकास र कानून मन्त्रालयकाे जिम्मा प्रधानमन्त्री प्रचण्डको काँधमा थपिएको थियो ।

त्यस्तै, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पनि मन्त्री फिर्ता बोलाएको थियो । रास्वपाले सरकारलाई दिएको समर्थन भने अझै कायमै राखेको छ ।

गत पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डले गठबन्धनमा रहेका दलहरूलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए । प्रचण्डले गत माघ ३ गते मन्त्रिपरिषद विस्तार गर्दा वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय आफैंसँग राखेका थिए । जनता समाजवादी पार्टीलाई दिन भन्दै उक्त मन्त्रालय खालि राखिए पनि जसपा सरकारमा सहभागी नै भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?