काठमाडौंं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेसँग भोट मागेको छ ।
सभापति शेरबहादुर देउवाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र नै पठाइ मत मागेका हुन् ।
देउवाको पत्र लिएर कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल ओली निवास बालकोट पुगेका थिए । भेटघाटका क्रममा ओली रामचन्द्रप्रति सकारात्मक रहेको मुख्यसचिव पौडेलले लोकपथलाई जानकारी दिए ।
पत्र दिँदा ओलीले भोट त माग्नुभएको होला नि ? भन्दै ठट्टा गरेका थिए ।
‘हामी भेटका लागि जाँदा ओलीजीले भोट माग्न आउनुभएको त होला नि भन्दै ठट्टा गर्नुभयो । हामीेले पनि हो भन्यौँ ।’ उनले भने ।
ओली र पौडेल जेल बस्दाका साथी हुन् । लामो समय सँगै जेल बसेका कारण र पौडेलको राजनीतिक जीवनमा कुनै पनि दाग नलागेका कारण पनि ओली पौडेलप्रति सकारात्मक रहेको उनले बताए ।
‘हामीले सभापति र स्वंय राष्ट्रपति उम्मेदवार पौडेलको सन्देश ओलीलाई सुनायौँ ।’ उनले भने, ‘सायद लामो समय जेल बस्दाको साथी भएको र अर्को पौडेलमा कुनै पनि किसिमको छवि बिग्रार्ने दाग नलागेका कारणले पनि सकारात्मक नै पायौँ ।’
त्यसको साथै भेटघाटमा राजनीतिक विषयमा समेत छलफल भएको उनले बताए । विशेष चुनावपछि फेरिएको राजनीतिक परिघटनाको बारेमा छलफल भएको उनले बताए ।
गत फागुन १३ गते शनिबार एमालेतर्फबाट राष्ट्रपतिमा सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएसँगै ओलीले कांग्रेस बाहेकका दलहरुसँग मत मागेका थिए । तर कांग्रेसले भने एमालेसँग समेत मत मागेको छ ।
आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ र कांग्रेससहित गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया