काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) नेपालसँग एक साताको समय दिन माग गरेका छन् ।
मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटवार्तामा प्रधानमन्त्री ओली संविधान संशोधन, मधेश आन्दोलनका घाइते र विस्थापितलाई उचित राहत लगायत मधेश मुद्दाका विषयमा सकारात्मक देखिएका छन् ।
राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवका अनुसार सरकारले आफ्ना पार्टी र विपक्षी दलसँग समेत संविधान संशोधन लगायत अन्य विषयमा छलफल गरि प्रधानमन्त्री ओलीले एक सातापछि जवाफ दिने बताए ।
राजपाले छलफलमा राखेको विषयमा के गर्न सकिन्छ त्यसबारे एक सातापछि मात्रै प्रधानमन्त्री ओलीले जवाफ दिने राजपाका एक नेताले जानकारी दिए ।
यादवले थप्दै भने, ‘पहिलो जे कुरा भको थियो त्यही कुरा आजपनि दोहोरियो, पहिला पनि प्रधानमन्त्री ओली सकारात्मक नै थिए आज पनि सकारात्मक नै हुनुहुन्छ, अब एक सातापछि थाहा हुन्छ प्रधानमन्त्री जीको कस्तो जवाफ आउँछ ।’
संविधान संशोधन, मधेश आन्दोलनका घाइते र विस्थापितलाई उचित राहत लगायत मधेश मुद्दामा सरकार गम्भीर नदेखिएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएका छन् ।
राजपा नेपाल अध्यक्षमण्डलको बैठक १ बजे पार्टी कार्यालयमा बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया