एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

लोकपथ
42
Shares

काठमाडौं । एमालेबाट सरकारमा सामेल मन्त्रीहरुले राजीनामा बुझाएका छन् ।

केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर ८ मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन् ।

आज बसेको एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसहित सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गएको टोलीले राजीनामा बुझाएको हो ।

गत पुस १० गते प्रधानमन्त्रीले गरेको सहमति कार्यान्वयन नभएको भन्दै एमाले असन्तुष्ट बनेको थियो । फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्दा माओवादीले कांग्रेसलाई समर्थन गरेसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको हो ।

त्यसो त राप्रपाले यसअघि नै शनिबार सरकारलाई दिएको समर्थन समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?