काठमाडौं । वर्तमान ८ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनको सन्दर्भमा सात वटै प्रदेशमा सांसदहरुको भेला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा फागुन १८ गते काठमाडौंमा र १९ गते सात वटै प्रदेशमा भेला गर्ने निर्णय भएको लोसपाका नेता शरदसिंह भण्डारीले लोकपथलाई जानकारी दिए ।
‘आजको बैठकले सात वटै प्रदेशमा सांसदहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।’ उनले भने, ‘फागुन १८ गते काठमाडौंमा उपलब्ध सांसद र फागुन १९ गते सात वटै प्रदेशमा भेटघाट गर्ने निर्णय भएको छ ।’
राष्ट्रपतिको निर्वाचनका लागि गठबन्धनले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल बनाएको छ । त्यसमा नेकपा माओवादीका तर्फबाट महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।
त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।
आज नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको पहिलो बैठकले सांसदहरुलाई गठबन्धनको औचित्यबारे प्रस्ट पार्न भेला बोलाइएको हो ।
‘प्रदेशस्तरीय गठबन्धनको बैठकमा गठबन्धनको औचित्यबारे छलफल गरिनेछ ।’ भण्डारीले भने ।
त्यसको साथै आजको बैठकमा समयसायिक राजनीतिको बारेमा समेत छलफल भएको छ ।
आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया