एमाले : केन्द्रमा सरकार छोड्दा प्रदेशमा के हुन्छ ?

लोकपथ
35
Shares

काठमाडौं । केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको एमालेले प्रदेश सरकार तत्काल केही नगर्ने भएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससँगै सरकारबाट बाहिरिएको एमालेले सरकारमा सामेल मन्त्रीहरुले आजै राजीनामा दिने तयारी गरेका छन् ।

एमालेको समर्थनमा बनेका सरकारको बारेमा भने कुनै निर्णय नभएको एमाले उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।

मंसिर ४ को निर्वाचनपछि माओवादीसहितको समर्थनमा प्रदेश नं १, गण्डकी, लुम्बिनीमा एमाले नेतृत्वको सरकार रहेको छ ।

केन्द्रमा सत्ता साझेदार दलहरुको कित्ताकाट हुँदा त्यसको असर प्रदेशमा समेत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?