१० सिटे भन्दै माधवलाई बाबुरामले कसे ब्यंग्य

लोकपथ
84
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एंव नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दलीय भागबण्डाको आधारमा सरकार चलाउँदा स्थिरता नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै दलीय भागबण्डाका आधारमा सरकार चलाउँदा प्रतिनिधि सभाको पूर्ण कार्यकाल नहरने बताए ।

२७५ जनाको प्रतिनिधि सभा सदस्यहरुलाई ५ वर्षको संसदको पूरै कार्यकाल पालैपालो प्रम बनाउँदा एउटा सदस्यको भागमा ६ दिन १४ घण्टा २४ दिन पर्ने बताए । दलीय भागबण्डा गर्दा माधव नेपाल नेतृत्वको १० सिटसहित संसदमा उपस्थिती जनाएको एकीकृत समाजवादीको भागमा ६६ दिन सरकारको नेतृत्व गर्ने भाग पर्ने भन्दै ब्यंग्य गरे ।

‘२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाककच बर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रम बनाउककदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ ! दलीय भागबण्डा गर्दा १०सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ !’ उनले भनेका छन् ।

त्यस्तै उनले दलीय भागबण्डाको आधारमा राष्ट्रिय सहमति गर्ने हो त ? भन्दै प्रश्न गरेका छन् । साथै सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थिरता हैन ? भन्दै प्रश्न गरे ।

‘त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त?सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थीरता हैन?’ डा. भट्टराईले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?