काठमाडौं । समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको एमालेका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेका छन् ।
आज पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
त्यससँगै आजै राजीनामा बुझाउने तयारी गरेको पार्टी उपमहासचिव एवं उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
राष्ट्रपतिमा पुस १० को सहमति प्रधानमन्त्रीले कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट एमालेले सरकार छाडेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया