समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने एमालेको निर्णय

लोकपथ
98
Shares

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्रीले सरकार नछाडे हटाउनेसम्मको अभिव्यक्ति दिएसँगै आफूहरु बाहिरिएको उपप्रधान एवं अर्थमन्त्री समेत रहेका एमाले उपमहासचिव विष्णु पौडेलले सो कुरा जानकारी दिए ।

‘प्रधानमन्त्रीले सरकार छाड्न वा नछाडे आफैँले हटाउने अभिव्यक्ति दिएसँगै हामी सरकारबाट बाहिरिने निर्णय गरेका हौँ ।’ उनले भने ।

आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार रहेका छन् ।

पुस १० गते गरेको सहमति विपरित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कांग्रेससँग मिलेको भन्दै एमालेले असन्तुष्टी व्यक्त गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?