काठमाडौं । राप्रपाका अध्यक्ष तथा निवर्तमान उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङ्देनले नेताले कर्मचारी बिगारेको टिप्पणी गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमा सरकारमा रहँदाको अनुभवको आधारमा केही सुझावहरु दिँदै सो कुरा बताएका हुन् ।
शनिबार राष्ट्रपतिको उम्मेदवारी परेसँगै सरकारलाई दिएको समर्थनफिर्तासहित राप्रपा सरकारबाट बाहिरिएको थियो ।
सोही प्रशंगमा छोटो समय सरकारमा रहँदाको बुझाइको आधारमा केही अनुभव र सुझावहरु समेत दिएका छन् ।
कर्मचारीले नेता भन्दा पनि नेताले कर्मचारी बिगारेको, देश आर्थिक र भू राजनीतिको दृष्ट्रिकोणले चेपुवामा रहेको, नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक भएको र देश बनाउन सकिने र बन्ने टिप्पणी गरेका छन् ।
गत पुस १० गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित सरकारमा सामेल थियो राप्रपा । तर शनिबार राष्ट्रपतिको उम्मेदवारी दर्तासँगै राप्रपाले केन्द्रदेखि प्रदेशसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया