खानेपानी मन्त्री मगरले समय नदिएको भन्दै विकास समितिको बैठक स्थगित

काठमाडौं । संघीय संसद, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ । 

मंगलबार बिहान ११ः३० बजेको लागि बोलाइएको बैठकमा खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरले समय नदिएका कारण बैठक स्थगित भएको हो ।

अर्को बैठक पुस १२ गते बिहान ११ बजेसम्म बस्ने गरि स्थगित भएको समितिकी शाखा अधिकृत दीपाकुमारी दुलालले जनाएकी छिन् । 

समितिकी सभापति कल्याणी खड्काले भने प्राविधिक कारणले बैठक स्थगित भएको जानकारी दिइन् । 

समितिको बैठकमा मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा देखिएको समस्याबारे छलफल हुने कार्यक्रम थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?