काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलवाल प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको वार्तामा सरकारलाई दिएको समर्थन र संविधान संशोधनलगायतका विषयमा छलफल भएको थियो ।
संविधान संशोधनको वाचा गरेकाले ओली सरकारलाई राजपाले समर्थन दिएका थिए ।
संविधान संशोधन, मधेश आन्दोलनका घाइते र विस्थापितलाई उचित राहत लगायत मधेश मुद्दामा सरकार गम्भीर नदेखिएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएका छन् ।
महन्थ ठाकुर हटेर राजेन्द्र महतो राजपा अध्यक्ष मण्डलको नेता बनेपछि पहिलो पटक प्रधानमन्त्री र राजपा नेताहरूबीच वार्ता भएको हो ।
प्रधानमन्त्री ओलीसँगको वार्तालगत्तै आजै दिउँसो १ बजे पार्टी मुख्यालयमा अध्यक्ष मण्डलको बैठक बस्ने राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया