पुनर्निर्माणलाई गति दिन सिन्धुपाल्चोकका ८ स्थानीय सरकार र पुनर्निर्माण प्राधिकरणबीच समझदारी

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन सिन्धुपाल्चोकका ८ स्थानीय सरकार र पुनर्निर्माण प्राधिकरणबीच १५ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । तर, तीन स्थानीय तहले भने पुरानै नियम राखिएको भन्दै अस्ताक्षर गर्न मानेनन् । 

संघीय ससंदका प्रतिनिधि, प्रदेश ३ का सामाजिक विकास मन्त्री, प्रदेश सासंद् र प्राधिकरणका प्रतिनिधिको बैठकपछि प्राधिकरण र स्थानीय सरकारबीच हस्ताक्षर भएको हो ।

स्थानीय सरकारले पुनर्निर्माणको सबै जिम्मेवारी स्थानीय तहलाई दिन आाग्रह सँगै ८ स्थानीय तहबीच समझदारी भएको हो ।

सहमतिपत्रमा प्राधिकरणको तर्फबाट जिल्ला आयोजना कार्यन्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका आयोजना प्रमुख जयप्रकाश गुप्ताले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् भने स्थानीय तहका प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।

यसैगरी समझदारी पत्रअनुसार पुनर्निर्माणका लागि स्थानीय तहमा खटाउने इन्जिनियर, सव–इन्जिनियर,असिस्टेन्ट इन्जिनियर र डकर्मी आवश्यकअनुसार खटाउने र प्राधिकरणबाट खटाएका सबै प्राविधिक एवं कर्मचारीहरुको हाजिरी राख्नेलगायतका सबै काम स्थानीय सरकारकै जिम्मेवारीमा पर्ने उल्लेख छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?