प्रधानमन्त्रीको दोहा भ्रमण स्थगित

लोकपथ
28
Shares
g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf k|r08 sf7df8f}F, @* r}t M zx/L ljsf; dGqfnon] dËnaf/ oxfF cfof]lht /fli6«o zx/L gLlt, zx/L ljsf; P]g / o’l6ln6L sf]l/8f]/ P]g th{‘df;DaGwL uf]i7LnfO{ ;Daf]wg ub}{ k”j{k|wfgdGqL Pjd g]kfn sDo’lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_ sf cWoIf k’iifsdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोहा भ्रमण स्थगित भएको छ । उनी अतिकम विकसित मुलुकहरू (एलडिसिज) को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो ।

मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया शुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्ने लगायत व्यस्तताका कारण दोहा भ्रमण स्थगित भएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते (मार्च ३ तारिख) त्यसतर्फ प्रस्थान गर्ने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री दाहालको सम्मेलनमा सहभागिता र सो अवसरमा हुने भेटवार्ताका बारेमा आज बिहान परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?