नयाँ राजनीतिक अवस्था बनेसँगै थप चुनौती थपिएको छ : अध्यक्ष नेपाल

लोकपथ
65
Shares
cWoIf g]kfn sf7df8f}F, !! kmfu’g M g]skf -PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs’df/ g]kfn laxLaf/ kf6L{sf] afudtL k|b]; sld6Ln] cfof]hgf u/]sf] k|lzIf0f sfo{qmddf dGtJo JoQm ug'{x’Fb} . tl:a/ M xl//fd e]6’jfn÷/f;;

धनुषा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नयाँ राजनीतिक अवस्था सिर्जना भएसँगै देश तथा पार्टीका लागि थप चुनौती बढेको बताएका छन् ।

धनुषाको लालगढमा आज आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले चुनौतीको सामना गर्नका लागि पार्टी एक ढिक्का भएर अगाडि बढिसकेको बताए । आठ दलको समर्थनसहित राष्ट्रपति पदका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको बताए ।

अध्यक्ष नेपालले नयाँ अवस्था सिर्जना भएर आठ दलको समर्थन कांग्रेसका उम्मेदवारको पक्षमा भएकाले राष्ट्रपति पदमा अपेक्षित परिणाम आउन लागेको जानकारी गराए । स्थानीय, प्रदेश तथा संघीय चुनाव हुनुभन्दा केही समय अगाडि मात्र पार्टीको निर्माण भएकाले अपेक्षाअनुसार परिणाम नआएको बताउँदै उनले एकमहिने पार्टी सुदृढीकरणले पार्टीको संगठन सुधार र मजबुत हुने जानकारी गराए ।

अध्यक्ष नेपालले वडादेखि जिल्ला हुँदै प्रदेश समितिलाई पनि मजबुत बनाउन अभियानले मद्दत पुग्ने भएकाले कार्यकर्तालाई संगठन निर्माणमा जुट्नका लागि निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?