प्रधानमन्त्रीलाई थप तीन मन्त्रालयको कार्यभार

लोकपथ
49
Shares
sf7df8f}F, !@ kmfu’gM /fhlif{ hgs ljZjljBfnosf] 5}7f}F ;efdf k|d bfxfn k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú afn’jf6f/df cfof]lht /fhlif{ hgs ljZjljBfnosf] 5}7f}F ;efdf dGtJo JoQm ug'{x’Fb} . tl:a/Mk|bLk/fh jGt÷/f;;

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट सरकारमा सहभागि भएका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाल्ने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा आज विभिन्न तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीले शनिबार प्रधानमन्त्री दाहाल समक्ष राजीनामा दिएका थिए । राजीनामा दिने मन्त्रीहरूमा उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रवबहादुर प्रधान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?