प्रचण्डले हातमा चक्कु लिएर फूल लिएको छु भन्नुभयो : ओली

लोकपथ
39
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई झुक्याएको बताएका छन् ।

आइतबार काठमाडौंमा भएको सहिद परिवार र घाइतेको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्ड एउटा भाषा बोल्ने र काम अर्कै गर्ने नेता रहेको बताएका हुन् । ओलीले प्रचण्डलाई व्यक्तिगत स्वार्थका निम्ति जसलाई पनि झुक्याउन सक्ने पात्र’ का भएको टिप्पणी गरेका छन् ।

‘पुष्पकमल दाहाल ज्युको बेग्लै छ । बोल्नुहुन्छ बेग्लै भाषा, बेग्लै गर्नुहुन्छ काम’, ओलीले भने, ‘अस्तिका दिन पनि मलाई छक्याउने भाषा बोल्नुभयो, मैले सुनिरहे उहाँको भाषा ।’ ओलीले प्रचण्ड हातमा चक्कु लिएर बसेको तर भन्नलाई फुल भनेको दाबीसमेत गरे ।

‘मेरो आँखाले धोका खाएको थिएन । प्रचण्ड धोका दिन अप्ठेरो मान्नुहुन्न । सहिदलाई धोका दिनुभयो भने मलाई धोका किन नदिने ?’, ओलीले भने । आफूलाई पनि झुक्याउन खोजेको तर प्रचण्डलाई राम्रोसँग चिनेकाले आफू नझुक्किएको ओलीको दाबी थियो । प्रधानमन्त्री प्रचण्डले दुई महिनासम्म एमालेसँग सत्तामा बस्दा तीतो अनुभव गरेकोप्रति ओलीले आफूसँग ‘काले काले मिलेर खाम भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिएको बताए ।

‘हरियो देख्नै नहुने । दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि’ उनले भने, ‘म सँग काम गर्दा काले काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ । त्यतै जानुभयो ।’ अध्यक्ष ओलीले प्रचण्ड जता मौका मिल्छ उसैसँग मिल्ने गरेको भन्दै बिरालोको उखान पनि सुनाए ।

उनले भने, ‘एउटा उखान छ नि, घरमा बिरालो किन्नु पर्दैन। कचौरामा दूध र भात दियो भने छिमेकीको बिरालो खुत्रुक्क आइपुग्छ ।’
उनले प्रचण्डले चलाएको जनयुद्ध कसका लागि थियो भनी प्रश्न पनि गरे। जनयुद्धका नाममा प्रचण्डले २०५२ हिंसाको नयाँ अभियान शुरु गरेको ओलीको आरोप थियो । जनयुद्धबाट प्रचण्डको परिवारलाई फाइदा भएपनि देशलाई दुखेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?