१८ चैत्र २०७९, शनिवार

प्रदेश नं १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

२०७९,फाल्गुन,१४,आईतवार १५:४३

90
Shares

काठमाडौं । प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ । राष्ट्रिपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार राप्रपा सङ्घीय सरकार र केही प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेश नं १ मा भने तत्काल राप्रपाले सरकार नछाड्ने भएको हो । राप्रपा संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश नं १ को राजनीतिक अवस्थाका कारण सरकार छाडिहाल्नुपर्ने परिस्थिति नभएको बताए । उनले भने, “प्रदेश नं १ को राजनीति विशिष्टिकृत छ, त्यसैले तत्काल सरकारबाट छाड्ने परिस्थिति बनेको छैन ।”

आज बेलुका पार्टीको प्रदेश समितिको बैठक बस्ने तयारी भएको पनि उनले जानकारी दिए । प्रदेश नं १ प्रदेशसभामा राप्रपाका छ सदस्य छन् । राप्रपाले नेकपा (एमाले) सँग सहकार्य जारी रहने बताएको छ । एमाले र राप्रपा मिल्दा प्रदेशमा ४६ सदस्य छन् । कूल ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य चाहिन्छ ।

प्रकाशित मिति: २०७९,फाल्गुन,१४,आईतवार १५:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बालुवाटारमा आज मिटरब्याज पीडितसँगको छलफलको क्रममा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधारबाट उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि मन्त्रालय पुगेर

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको

ताजा समाचार

रसुवागढी नाकाबाट मानव आवागमन खुला
 २०७९,चैत्र,१८,शनिवार ११:१९
टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु
 २०७९,चैत्र,१८,शनिवार ११:१७
पश्चिमी वायुको प्रभावले वर्षा
 २०७९,चैत्र,१८,शनिवार १०:५२
सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३