काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान १० बजे राजपाले प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेका हुन् ।
सरकारको कामकारबाही प्रति असन्तुष्टि जनाउँदै आएको राजपाले आफूहरुको मुद्दा ओझेलमा पारेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ताको चेतावनी दिँदै आएको छ ।
राजपाले प्रधानमन्त्री ओलसँगको छलफल लगत्तै सो बारे आधिकारिक धारणा तय गर्ने अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।
संविधान संशोधन, मधेश आन्दोलनका घाइते र विस्थापितलाई उचित राहत लगायत मधेश मुद्दामा सरकार गम्भीर नदेखिएको यादवले बताए ।
प्रधानमन्त्री ओलीसँग हुने छलफलको निष्कर्षसहित आजै दिउँसो अध्यक्ष मण्डलको बैठक बस्ने तयारी राजपाको छ ।
सरकार गठन भएको १० महिना पूरा हुँदा समेत आफूहरुको माग सम्बोधन नभएकोमा राजपाको गुनासो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया