परराष्ट्रमन्त्री डा.पौड्याल जेनेभा जाँदै

लोकपथ
26
Shares
k//fi6«dGqL 8f /fO{ kf}8]n sf7df8f}F, !@ kmfu’g M k//fi6«dGqL 8f ljdnf /fO{ kf}8]n z’qmaf/ gLlt cg’;Gwfg k|lti7fgn] cfof]hgf u/]sf] g]kfnsf] k//fi6« gLlt @)&& ;DaGwL ;fj{hlgs gLlt ;+jfb sfo{qmddf dGtAo /fVg’x’Fb} . tl:a/ M xl//fd e]6’jfn÷/f;;

काठमाडौं । परराष्ट्र मन्त्री डा.विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२ औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएकी छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेकी हुन् ।

नेपाल परिषद्को सदस्य राष्ट्र हो । सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री डा.पौड्यालले नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताए ।

नेपालले संक्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा सुनाउनेछ । सो अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता हुने, परिषद्का उच्चायुक्त, आइएलओका महानिर्देशकलगायतसँग समेत भेट हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।

मन्त्री डा.पौड्याल नेतृत्वको प्रतिनिधिमण्डल परिषद्को सम्मेलनमा सहभागीपश्चात् यही फागुन १९ गते जेनेभाबाट कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ । उनी दोहामा अतिकम विकसित मुलुकहरु (एलडिसिज) को पाँचौँ सम्मेलनमा सहभागी हुनेछन् ।

सो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । परराष्ट्रमन्त्री डा.पौड्याल यही फागुन २३ गते स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?