काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन बुधबारदेखि सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन बुधबार दिनको चार बजेका लागि डाकेकी हुन् ।
तेस्रो अर्थात हिउँदे अधिवेशनका लागि सरकारका तर्फबाट चारवटा नयाँ विधेयक संसद् सचिवालयमा दर्ता भएका छन् ।
सचिवालयका अनुसार कर्मचारी समायोजन अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र पारमाणविक तथा रेडियोधर्मी पदार्थ सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न विधेयक दर्ता भएका हुन् ।
बैठक सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको संसदका महासचिव मनोहर भट्टराईले बताए । केही विधेयक पहिलेदेखि प्रक्रियामा रहेको र केही नयाँ दर्ता भएकाले संसद्लाई कामको समस्या नहुने पनि उनको भनाई छ ।
पहिलो दिन अधिवेशन आहवानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा सुनाउने, प्रशासकीय अदालत विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया