१८ चैत्र २०७९, शनिवार

प्रदेश १ : माओवादीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने

२०७९,फाल्गुन,१४,आईतवार १२:१३

126
Shares

काठमाडौं । केन्द्रमा सत्ता समिकरणको परिदृष्य फेरिएसँगै त्यसको असर प्रदेशमा देखिन थालेको छ ।

वर्तमान सत्ता गठबन्धनबाट राष्ट्रपतिमा कुरा नमिलेपछि केन्द्रको समिकरण बिग्रिएसँगै प्रदेशहरुमा पनि एक अर्काले समर्थन फिर्ता लिने क्रम जारी रहेको छ ।

यता प्रदेश नं १ मा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले भने तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

अहिले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा नरहेको माओवादी केन्द्र प्रदेश नं १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले लोकपथलाई जानकारी दिए ।

‘अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कुनै पनि निर्णण भएको छ । तत्कालको लागि त्यस्तो मनस्थिती छैन ।’ उनले लोकपथसँग भने ।

अहिले प्रदेश नं १ मा नेकपा एमाले नेतृत्वको सरकार रहेको छ । एमाले प्रदेश संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् ।

सरकार सञ्चालनको लागि मुख्य साझेदार दल हो नेकपा माओवादी केन्द्र । यसअघि सरकार गठनका बेला पनि माओवादीले प्रदेशको नेतृत्व आफूहरुले गर्नुपर्ने माग गर्दै आइरहेको थियो । तर आधा–आधा कार्यकाल प्रदेशको नेतृत्व गर्ने सहमतिपछि मात्रै माओवादी सरकारमा सामेल भएको थियो ।

यता केन्द्रमा सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने प्रदेशमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रकाशित मिति: २०७९,फाल्गुन,१४,आईतवार १२:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधारबाट उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि मन्त्रालय पुगेर

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदबारस्थित

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट चितवन–२ मा रामप्रसाद न्यौपाने सिफारिस भएका छन्। एमाले जिल्ला अध्यक्षमा समेत रहेका

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८