रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

लोकपथ
21
Shares
फायल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्नेबारे छलफल गर्न सोमबार बैठक बोलाइएको रास्वपाले जनाएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट रास्वपा असन्तुष्ट हुँदै बाहिरिएको थियो । राष्ट्रपतिका दुई उम्मेदवारमध्ये कसलाई मत दिने भन्नेमा रास्वपा दल अहिलेसम्म अनिर्णीत छ । प्रतिनिधिसभामा रास्वपाका १९ जना सांसद छन् ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् । कांग्रेस उम्मेदवार पौडेलले शनिबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

लामिछानेले पार्टीमा छलफल गरेर यसबारे आवश्यक निर्णय लिने बताएका थिए । राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने सहमति गर्न शुक्रबार बसेको ८ दलको बैठकमा रास्वपालाई बोलाइएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?