१३ मङ्सिर २०८०, बुधबार

डेंगू रोगको संक्रमणबाट एकको मृत्यु

२०७४,कार्तिक,६,सोमवार ०५:३४

9
Shares

सुरुङ्गा, झापा, ६ कात्तिक ।डेंगू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ ।मृत्युहुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी दिए ।केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि बिर्ता हेल्थ क्लिनिकमा आएका थिए । क्लिनिकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वी एण्ड सी अस्पतालमा पठाएको र अस्पताल लैजाँदै गर्दा उनको बाटैमै मृत्यु भएको मेहेताले बताए ।गत असोज ६ गते बिर्तामोड नगरपालिकामा देखा परेको डेंगू रोगको संक्रमण अहिले दमक, कनकाई, अर्जुनधारा, काँकरभिट्टा नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा देखापरेको छ ।हालसम्म झापामा एक सय २० जनामा यो रोगको संक्रमण देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार ०५:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आज देशभर चेलीबेटीले दाजुभाइलाई ‘सप्तरङ्गी’ टीका लगाइदिएर भाइटिका मनाउँदैछन् । नेपालीहरुको महान् चाडमध्ये भाइटीका पनि एक हो ।

काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । पछिल्लो समय मानिसहरुमा तनाव, सीमा, तुलना, संयम अनि

काठमाडौं । आज विश्व मुटु दिवस । विभिन्न जनचेतानामूलक कार्यक्रमहरु गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको

काठमाडौं । अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यसलाई बिर्सिने रोग समेत भनेर चिनिन्छ । यो रोगबाट

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८