पिर्के सलामी नलिने मन्त्री शाहीको घोषणा

लोकपथ
78
Shares

धनगढी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले पिर्के सलामी नलिने घोषणा गरेका छन् ।

औपचारिक कार्यक्रममा नेपाल प्रहरीले उच्चआहोदाका ब्यक्तिलाई पिर्कामा चडाएर सलामी दिने गरिएपनि मन्त्री शाहीले भने आफू पिर्कामा नजाने बरु जमिनमै उभिएर सलामी लिने बताएका हुन्। पिर्कामा उभिएर मात्र देश नबन्ने भन्दै मन्त्री शाहीले बरु जनताका जनजिविकाका सवालमा काम गरेर देखाउने बताए ।

‘आफू सर्वसाधारण जनताको प्रतिनिधि भएको हुँदा मलाई कुनै ऐसआराम हाईफाईमा जीवन बिताउनु छैन । हिजो पनि सर्वसाधारण जनता सँगै थिए भोलि पनि सर्वसाधारण जनता सँगै हुने छु ।’ उनले भने’ ‘पदमा पुग्दैमा हिजो र भोलि बिर्सिनु हुदैन । हामी जनताका सेवक हौं शासक हैनौँ, त्यसैले साधारण जीवन बिताउनु पर्छ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?