रोनाल्डोको ह्याट्रिकमा अल नसरको शानदार जित

लोकपथ
273
Shares

काठमाडौं । साउदी क्लब अल नसरले शानदार जित हात पारेको छ । शनिबार राति भएको साउदी प्रो लिग फुटबलमा नसरले डामाकलाई ३-० गोल अन्तरले हराएको हो ।

अल नसरका लागि रोनाल्डोले ह्याट्रिक गरे । खेलको १८, २३ र ४४औं मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक गरे । नसरका लागि रोनाल्डोको यो दोस्रो ह्याट्रिक हो ।

जितसँगै नसर शीर्ष स्थानमा उक्लिएको छ । नसरले १८ खेलमा ४३ अंक जोडेको छ । डामाक २२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?