प्रभु लाईफ इन्स्योरेन्सका एमडीआरटी विजेता सम्मानित

लोकपथ
26
Shares

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा ‘एमडीआरटी एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’ कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले फाल्गुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा कम्पनीबाट एमडीआरटी २०२३ मा छनौट भएका विजयी अभिकर्ताहरुलाई सम्मान गरेको हो । एमडीआरटी एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनीको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए ।

तीन दिनसम्म संचालित कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान, अन्तराष्ट्रिय प्रशिक्षकद्धारा मोटिभेसनल सेसन एवं विभिन्न रिफ्रेसमेन्ट गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रसाईंले सबैको मिहेनतले नै सफलता प्राप्त गरी यस्तो उत्सव मनाउन लागिएको बताए ।

उनका अनुसार दृढ संकल्पले नै कम्पनीको साझा लक्ष्य हासिल गर्न सकिएको हो । यो सफलताको उचाइ आगामी दिनहरुमा पनि अझ उचाइमा पुग्ने विश्वास एवं प्रण व्यक्त गरे । कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन समूह, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु एवं अभिकर्ताहरु लगायतको उल्लेख्य सहभागिता रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?