सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

लोकपथ
143
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी चढेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा मुद्दाको सुनुवाइ हुँदैछ ।

सन्दीपलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको छ ।

क्रिकेट खेल्न विदेश जान पाउ भन्दै सन्दीपले दायर गरेको मुद्दामा शुक्रबार सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाले आइतबारका लागि पेशी तोक्न आदेश दिएको थियो ।

महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर आज मुद्दाको सुनुवाइ हुन लागेको हो । सर्वोच्चले यी दुवैलाई पुनरावेदनमा राखेर सुनुवाइ गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?