भारतको मध्ये प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा १४ जनाको मृत्यु

लोकपथ
52
Shares

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यमा सडक छेउमा रोकिराखेको तीनवटा बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका छन् ।

मध्य प्रदेशको राजधानी भोपालबाट ६१० किलोमिटर उत्तरपूर्वमा पर्ने सिद्धी जिल्लामा शुक्रबार राति सो दुर्घटना भएको हो । प्रहरीका अनुसार सिमेन्ट बोकेको ट्रकको एउटा टायर फुटेपछि ट्रकले सन्तुलन गुमाउँदा सडकछेउमा पार्किङ गरी राखिएका तीनवटा बसलाई ठक्कर दिएको र आठ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य छ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५६ जना घाइते भएका छन्,’ वरिष्ठ प्रहरी अधिकारी मुकेश श्रीवास्तवले भने । घाइतेमध्ये अधिकांशको नजिकैको रेवा जिल्लाको सञ्जय गान्धी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अधिकारीहरूका अनुसार भारतका संघीय गृहमन्त्री अमित शाहले सम्बोधन गरेको ¥यालीमा सहभागी हुन गएका बस यात्री आफ्नो घर फर्किरहेका थिए ।

भारतमा सवारीमा अत्यधिक भार बोक्ने, सडकको खराब अवस्था र लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको छ । भारतमा हरेक वर्ष करिब एक लाख ५० हजार मानिसको सडक दुर्घटनामा मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?