आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारुप हो : प्रधानमन्त्री प्रचण्ड

लोकपथ
0
Shares
?????? ??????????? ???? ?????????????? ?????? ????? ???????????? ?????? ?????? ???????? ?????? ??????? ? ?????? ????? ?????? ??????????? ?????? ????? ????????????? ???????? ????? ‘???????’,?????????????????? ????????? ?????, ?????? ??????????? ?????? ???? ????????? ??????????? ??????? ????????? ???? / ????

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारुप भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीका अवसरमा आज आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिको विचार’ विषयक विचारगोष्ठीमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘हिजो संसदका आठ दलबीच जुन सहमति भएको छ, ऐतिहासिक छ, त्यो राष्ट्रिय सहमतिकै प्रारुप हो । संसदको सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ, दोस्रो ठूलो दलको सभामुख र राष्ट्रियसभाको अध्यक्ष छ । तेस्रो दलको प्रधानमन्त्री छ ।’

उनले संसदका अरू दलहरूबीच पनि समझदारीका साथ अगाडि बढेको बताए । नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र संकटमुक्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा कायमै रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘फागुन ७ गते संविधानले नचिनेका नारा लागे, त्यो गम्भीर कुरा छ, हिजो जसरी संसद् विघटन गरियो, संविधानमाथि आक्रमण गरियो, त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन, त्यसैले पनि लोकतान्त्रिक मूल्य, मान्यता र संविधानका पक्षधर शक्तिहरू एकठाउँ उभिनुपर्छ, उभिएका छौँ ।’

राष्ट्रिय सहमतिकै लागि आफूले कोसिस गरे पनि सम्भव नभएको उनको भनाइ थियो । संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिसँगको सहकार्य सहज नहुने भन्दै उनले भने, ‘यही निष्कर्षका साथ फेरि हामी एकठाउँ उभिएका छौँ, हामी प्राकृतिक कोर्षमा फर्किएका छौँ, यो नै मुख्य कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?