नेम्वाङलाई भोट दिन आग्रह गर्दै ओलीले पठाए माधवलाई पत्र

लोकपथ
39
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा सहयोगको माग गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालाई पत्र पठाएका छन् ।

शनिबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने र आफ्नो उम्मेदवारको पक्षमा बहुमत जुटाउन नेपाली कांग्रेसबाहेक सबै दलसँग संवाद गर्ने निर्णय गरेको थियो ।

एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिको उम्मेदवारी दर्ता गरेसँगै अध्यक्ष ओलीले नेम्वाङलाई भोट दिन आग्रह गर्दै पत्र पठाएका हुन् । पत्रमा उनले अध्यक्ष नेपाललाई सम्बोधन गर्दै आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार एमालेबाट नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारमा मनोनयन गरिएको जानकारी गराएका छन् ।

उनले नेपालको संविधानको मर्म र भावनाअनुरूप नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार रहेको बताउँदै राष्ट्रिय नेता नेपालको दलबाट नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग गर्न आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?