राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गर्दा जे देखियो (तस्बिरहरु)

लोकपथ
286
Shares
???? ??? ???? ?????????? ?????? ?????????? ???? ?????? ?????????? ?????? ???? ????????? ??????? ?????????? ??????? ?????? ????????????? ??? ????? (??????? ???????)?? ??????? ???????? ????? ‘???????’, ???????? ?????? ????????? ?????,????? (?????? ????????)?? ??????? ????????? ??????????? ?????? ? ????????? ????, ????

काठमाडौं । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले आफनो उम्मेदवारी दर्ता गरेका हुन् ।

पौडेलको उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री प्रचण्डसहितका शीर्ष नेताहरू निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खान, जसपाका नेता अशोक राई रहेका छन् ।

यस्तै, समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे रहेका छन् । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनको समर्थनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

यस्तै, शुक्रबार साँझ प्रधानमन्त्री प्रचण्डको सरकारी निवास वालुवाटारमा बसेको आठ दलीय गठबन्धनको बैठकले कांग्रेसका तर्फबाट हुने राष्ट्रपतिको उम्मेदवारलाई सघाउने निर्णय गरेका थिए ।

हेर्नुहोस् तस्बिरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?